सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • किन दियो भारतले गुरिल्ला ट्रेनिङ

किन दियो भारतले गुरिल्ला ट्रेनिङ

4295
Shares
किन दियो भारतले गुरिल्ला ट्रेनिङ

काठमाडौं । पटनामा मधेसी दलहरुका प्रतिनिधिहरुको सम्मेलन भयो र त्यसमा दिल्लीका प्रतिनिधि सहभागी थिए । खबर अनुसार सीताराम यचुरी, रञ्जीत राय, केबी राजन, देवेन्द्र यादव र रघुवंशप्रसाद सिंह, सिके राउत र संघीय समाजवादी फोरमका रामसहाय यादव सम्मेलनमा थिए । यो समाचार आफैमा अर्थपूर्ण छ ।
त्यसपछि भारतीय सुरक्षाअधिकारीमार्फत मधेसी मोर्चाका सदस्य दलका युवा लडाका र मधेसका ज्वाला सिंह र गोइतलगायतका २५ भूमिगत सशस्त्र गिरोहहरुका सदस्यहरुलाई गुरिल्ला ट्रेनिङ दिइरहेको खबरले नेपालको सुरक्षा व्यवस्थामा ठूलै हल्लीखल्ली मच्चाइदिएको छ ।
५ नम्बर क्षेत्र टुक्य्राउने संविधान संशोधन प्रस्ताव पारित हुनासाथ मधेसमा भारतीय झण्डा फहराउने र मधेस देशको पर्चा पम्पलेटिङ हुने खबरले पनि भित्रभित्रै सनसनी फैलिएको छ ।
ना
टकीय रुपमा प्रधानमन्त्रीले यस खबरको पुष्टि गर्न सुरक्षा निकायसँग सोधनीसमेत गरेका थिए । सुरक्षा निकायले भारतको कुरा थाहा भएन, नेपालभित्र त्यस्तो खतरा केही छैन भन्ने रिपोर्ट दिएपछि प्रधानमन्त्रीले निर्धक्क भएको नाटक गरिरहे पनि यथार्थमा भारतले नेपालविरुद्ध ठूलै अपरेशन गर्ने साजिसचाहिं गरिरहेको छ ।
एमालेका नेता भीम रावलले राष्ट्रपति र प्रधानमन्त्री भएकै थलोमा यो खबरको प्रसङ्ग उठाएका थिए । यसपछि उपेन्द्र यादवले पटक पटक भीम रावलले झूठ बोलेका हुन्, उनलाई जेल हाल्नुपर्छ भनेर माग गरिररहेका छन् ।
यो खबर आएपछि नै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले माघ ५ गते भूपू प्रधानसेनापति सबैलाई बोलाएर गोप्य र गम्भीर बहस गरेका छन् ।
नेपाली सेना एक्सनमा आउनै पर्ने भयो भने कुन हदसम्म एक्सनमा आउने भनेर प्रधानसेनापतिले सुझाव र सल्लाह लिएको खबर छ ।
स्मरणीय छ, यसअघि प्रधानसेनापतिले देशभरिका गणपतिहरु बोलाएर प्राप्त सूचनाहरुको संस्लेषण, विश्लेषण गरेर आवश्यक तैयारीका साथ सतर्क हुन निर्देशन दिइसकेका छन् ।

4295
Shares

ट्रेन्डिङ