सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • धुलिखेल-खावा सडक निर्माणलाई दबाब दिन जिल्ला समन्वय समिति काभ्रे प्रमुख दीपक गौतम अनसनमा बस्दै

धुलिखेल-खावा सडक निर्माणलाई दबाब दिन जिल्ला समन्वय समिति काभ्रे प्रमुख दीपक गौतम अनसनमा बस्दै

700
Shares
धुलिखेल-खावा सडक निर्माणलाई दबाब दिन जिल्ला समन्वय समिति काभ्रे प्रमुख दीपक गौतम  अनसनमा बस्दै

काभ्रे । धुलिखेल–खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण स्वरुप जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले आजबाट अनसन शुरु गर्नुहुने भएको छ ।

दिउँसो २ बजेपछि अनसन शुरु गर्ने जिसस प्रमुख गौतमले जानकारी दिनुभयो । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । तर सडक विस्तारको काम निकै ढिला भैरहेको छ । पछिल्लो केहीदिन यता यो सडक खण्डमा काम ठप्प छ ।

यो सडकको काममा भैरहेका ढिला सुस्तीलाई लिएर जिसस प्रमुख गौतमले यसअघि पनि पटक पटक जिल्ला तहमा छलफल, अन्तरक्रिया गर्दै आइरहनुभएको थियो । तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सोव प्रा.लिले नै सडक विस्तारमा अवरोध गरेपछि तोकिएको समयमा काम पुरा नहुने भएको हो ।

सम्झौता मिति सकिन जम्माजम्मी एक महिना मात्रै बाँकी हुँदा एक तिहाई समेत काम सम्पन्न भएको छैन् । यसअघि संघीय सदनमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारको ध्यानाकर्षण गराउँदै अनसन बस्ने चेतावनी दिनुभएको थियो ।

700
Shares

ट्रेन्डिङ