सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान

वाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान

3015
Shares
वाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान

जोरपाटीस्थित वाग्मती नदीको किनारमा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा उद्यान निर्माण गरिने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१३ सुगम नगरस्थित वाग्मती किनारमा गत पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा उद्यान निर्माण अभियान सुरु गरिएको हो । उद्यानमा २० फिट लामो राष्ट्रि«य झन्डा राखिनेछ । सो उद्यान निर्माणको जिम्मेवारी स्थानीय टाइमलाइन विद्यालयले लिएको छ । उद्यानमा आकर्षक रुख बिरुवा रोप्ने कार्यक्रम विद्यालयले नै गर्नेछ ।
सो अवसरमा सांसद रामेश्वर फुयाँलले विद्यार्थीलाई रोजगारमूलक प्राविधिक शिक्षा दिइनुपर्ने बताउनुभयो । “विद्यालयले निर्माण गर्ने राष्ट्रिय झन्डा उद्यानका लागि मेरातर्फबाट सक्दो सहयोग हुनेछ, राष्ट्रियतालाई सबल बनाई हिमाल, पहाड र तराईलाई जोड्न उद्यानले महत्वपूर्ण योगदान गर्नेछ”–उहाँले भन्नुभयो ।
विद्यालयको अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालले उद्यान निर्माणका लागि सहयोग आह्वान गर्नुभयो । प्याब्सनका काठमाडौँ अध्यक्ष हरिकृष्ण श्रेष्ठ, विद्यालयका प्रअ रामप्रसाद बराललगायतले उद्यानले वाग्मतीलाई स्वच्छ बनाउन सहयोग गर्ने बताउनुभयो । रासस

3015
Shares

ट्रेन्डिङ