सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

सामूहिक रुपमा ल्होसार

2555
Shares
सामूहिक रुपमा ल्होसार

विगतमा तामाङ समुदायले मात्र मनाउँदै आएको ल्होसार पर्व यस वर्ष सम्पूर्ण जातजातिले सामूहिक रुपमा मनाएका छन् ।
आज दाप्चा काशीखण्डमा सम्पूर्ण जातजातिका नागरिकले ल्होसार सामूहिक रुपमा मनाएका छन् । ल्होसार साझा पर्व भएकाले सम्पूर्ण जातजातिका नागरिकले सामूहिक रुपमा मनाएको ‘ल्होसार विशेष साँस्कृतिक कार्यक्रम’ का संयोजक मणिक लामाले बताउनुभयो ।
“सम्पूर्ण जातजातिबीच धार्मिक एकता भए मात्र सामाजिक सहिष्णुता कायम गर्न सकिन्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागिले एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएको थियो । सो कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जातीय सद्भाव कायम गर्न यस्ता कार्यक्रमहरु आवश्यक रहेको बताउनुभयो । रासस

2555
Shares

ट्रेन्डिङ