होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०

थिएटर मलमा ‘बेड नं. ९९’

थिएटर मलमा ‘बेड नं. ९९’

थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ । महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिनुभएको हो । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्बहरु मार्फत कथालाई दृश्यमा उतार्नुभएको छ ।
नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर र हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो भन्नुभयो ।
‘बेड नं ९९’ यो एक पुरुषको कथा हो जसले संँगैको अर्को शय्या नं ९८ को कथा बोल्छ, जो आफैँमा हीनताबोधले ग्रस्त छ । ऊ आफ्नी श्रीमतीलाई शङ्का मात्र गर्छ । नाटकले त्यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।
निर्देशक श्रेष्ठले सज्जा र प्रकाशको सुन्दर संयोजन त गर्नुभएको छ नै, त्यससंँगै कोरसको माध्यमबाट नाटकलाई विम्ब र प्रतीकले सजाएर कलात्मक रुपमा पनि ओजिलो बनाउनुभएको छ ।
नाटकमा विकास जोशी, श्याम खड्का, सुष्मा कोइराला, रेनुका कार्की, सुशीलालक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसश रिजाल, शुभमगणेश पौडेल, सुमन कोइराला, अञ्जनी भरतवाल, शङ्कर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जनलगायतले अभिनय गर्नुभएको छ ।
नाटक काठमाडौंँ मल सुनधारास्थित थिएटर मल नाटकघरमा यही माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ः०० बजे मञ्चन भइरहेको र शनिबार दिउँसो १ः३० बजे अतिरक्ति प्रदर्शन पनि हुने नाटकघरले जनाएको छ । रासस

ट्रेन्डिङ