सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१

दुई जना मृत फेला

340
Shares
दुई जना मृत फेला

धनुषा । दुई दिनको अवधिमा  धनुषाको मिथिला नगरपालिकामा  दुई जनाको शव भेटिएको छ ।

सोमबार मिथिला नगरपालिका–६, ढल्केबरमा  मागी खाने एक महिलाको शव भेटिएको थियो ।   होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो ।

मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको गाउँ डुलेर मागी खाने गर्दैआएकी थिइन् । 

यसैगरी, मङ्गलबार साँझ मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलामा एक जना पुरुषको शव फेला परेको थियो । क्षीरेश्वरनाथ नगरपालिका–५, गिरीटोलका अन्दाजी ३५ वर्षीय नागेश्वर यादवको शव भेटिएको हो । 

प्रहरीका अनुसार मृतक यादवको शरीरमा कुनै घाउचोट देखिएको छैन । अत्यधिक रक्सी सेवनबाट यादवको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ ।

340
Shares

ट्रेन्डिङ