सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिलाई बधाई

अमेरिकी राष्ट्रपतिलाई बधाई

2870
Shares
अमेरिकी राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड जे ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा  बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले  बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, समझदारी, सद्भाव र सहकार्यमा रहेको सन्देशमा बताउनुभएको छ ।
दुई देशबीचको यस्तो सम्बन्ध राष्ट्रपति ट्रम्पको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रपति ट्रम्पको सबल एवम् दूरदर्शी नेतृत्वमा अमेरिकाको अझ प्रगति हुने बताउनुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालले पठाउनुभएको सन्देशमा राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको विकास प्रयासमा अमेरिकी सरकार र त्यहाँका जनताबाट निरन्तर प्राप्त सहयोग र सद्भावप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्दै नेपालको शान्ति, स्थायित्व र प्रगतिका निम्ति भविष्यमा पनि निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने अपेक्षा गर्नुभएको छ ।

2870
Shares

ट्रेन्डिङ