• होमपेज
  • कलंकीमा चिनियाँ क्रेन पल्टिँदा चालक घाइते

कलंकीमा चिनियाँ क्रेन पल्टिँदा चालक घाइते

कलंकीमा चिनियाँ क्रेन पल्टिँदा चालक घाइते

बुधबार बिहान कलंकी चोकमा चिनियाँ क्रेन पल्टिँदा चालक घाइते भएको छ । सडकमा काम गरिरहेका चिनियाँ कामदार र प्राविधिकहरुले ठुलठूला जेनेरेटर सामान सार्न प्रयोग गरिएको क्रेन सडक किनारामा पल्टिएको ट्राफिक प्रहरीका इन्स्पेक्टर विमल थापाले जानकारी दिए ।
बिहान करिब ९ बजे पल्टिएको क्रेनका कारण सडक किनारामा रहेको टहराको हाेटल किचेको छ । क्रेन अहिले नै उठाउन सक्ने अवस्था नरहेको इन्स्पेक्टर थापाले बताए ।
चिनियाँहरुले कलंकी चोकमा अन्डर ग्राउण्ड सडक निर्माण गर्दै आएका छन् । सडक विस्तारका कारण काठमाडौं उपत्यकाका सडकखण्डमा दुर्घटना र धुलोधूवाँले प्रदूषण बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका