सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१

 एक पुरुष मृत भेटिए

320
Shares
 एक पुरुष मृत भेटिए

गुल्मी । गुल्मीमा एक पुरुष मृत अवश्थामा फेला परेका छन् ।

सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका हुन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।

मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँग बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ । 

320
Shares

ट्रेन्डिङ