सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरियामा ग्याल्बो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम

कोरियामा ग्याल्बो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम

3670
Shares
कोरियामा ग्याल्बो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम

कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक पर्व मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होछार विशेष सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको शेर्पा संघ द.कोरियाको अध्यक्षले जानकारी दिनुभयो ।
संघद्वारा यस पटकको सांस्कृतिक कार्यक्रम भब्य सफल बनाउन कार्यक्रममा आउनु हुने महानुभावहरुलाई आयोजक कमिटीको तर्फबाट उपलब्ध हुने सेवा सुबिधाको कुनै कमी महशुस हुन नदिन ब्यापक रुपमा स्वयम सेवक परिचालन गर्ने बताएको छ ।
कार्यक्रममा आवश्यक साउण्ड सिस्टम पूर्ववत रुपमा कार्यक्रम स्थलमै हुने भए तापनि गीत संगीतलाई उच्चस्तरमा बजाऊनका लागि आवश्यक साउन्ड सिस्टम अन्यत्रबाट पनि ल्याइने सेर साङबोले बताउनु भयो । शेर्पा संघ द.कारियाद्वारा आयोजिक उक्ता कार्यक्रम भब्य सफल बनाउन प्रचार प्रसारको बिभिन्न कार्यहरु मिडियाहरु तथा अन्य कामहरु सकिएको आयोजक टिमको दाबी छ ।
केही दिनयता नेपाली हरु जमघट हुने स्थान हरु मा प्रचार को निम्ति ब्यापक पोस्टर टासीएकोले यस पटक शेर्पा संघले कार्यक्रम भब्य सफल हुने आयोजक टिमको भनाई छ । ब्यवस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्नुको साथै कार्यक्रममा आउने हुने महानुभावहरुको लागी दोङदेमुन ३ गेटबाट कार्यक्रम स्थल सम्माजान निशुल्क यातायातको ब्यवस्था गरिएको छ यो नै मुख्य आकर्षक बिन्दु हो सेर साङबो भन्नु हुन्छ । यस पटकको कार्यक्रम अझ व्यापक हुने उहाँले बताउनु भयो ।
कार्यक्रम सौलको छुंगक याकमा जनवरी २८ तारिक साँझ ६ः०० बजे देखि बिहान ६ः०० बजे सम्मा हुने आयोजक कमिटिले बताएको छ । उक्त विशेष सांस्कृतिक कार्यक्रममा नेपाली भाषी संघ संस्थाहरुको प्रमुख, विशेष,आथित्य मा कार्यक्रम सञ्चालन हुने भएकोले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजू भाइ तथा दीदी बहिनीहरुलाई संघले उपस्थितिको लागी आवाहन गरेको छ ।
निशुल्क यातायातको ब्यवस्था
कार्यक्रम स्थलसम्म जानको लागि आयोजक टिमले यातायातको लागि बस दोङदेमुन ३ नं गेटबाट बेलुकाको समय ६ः३०pm ७ः३०pm ८ः१५pm मा तिन पटक बस छूटने तालिका रहेको बताएको छ ।

3670
Shares

ट्रेन्डिङ