सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रकाश ओझालाई १० वर्षको जेल सजाय

प्रकाश ओझालाई १० वर्षको जेल सजाय

4475
Shares
प्रकाश ओझालाई १० वर्षको जेल सजाय

सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ ।
आधुनिक गीतमा नाम कमाएका कुनै समयका चर्चित गायक प्रकाश ओझा केही वर्ष अघि देखि नै यौन काण्डमा देखी ठहर भइसेकेका र्थिए । उनलाई नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखी, त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक समेत गरेके उनमा आरोप छ ।
उनले ०५९ सालदेखि लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैचिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेको र त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ ।
सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५ र ५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । माघ पहिलो साता भएको यो फैसला सार्वजनिक भएको थिएन ।
फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लुकिछिपी गीत संगित रेकर्डिङको काम गर्दै आएका थिए । ओझालाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । र, फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ ।

4475
Shares

ट्रेन्डिङ