सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  •  छिमेकीकी ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

 छिमेकीकी ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

240
Shares
 छिमेकीकी ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

जनकपुरधाम । सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव लाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

 गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् । खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा परिवारसँगको रिसिइबी साँध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको  छ ।

240
Shares

ट्रेन्डिङ