सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मलाई सबैले आलु हिरोइन भन्थ्ये

मलाई सबैले आलु हिरोइन भन्थ्ये

5270
Shares
मलाई सबैले आलु हिरोइन भन्थ्ये

एक समयकी सफल अभिनेत्री हुन विपना थापा तर अहिले उनको चलचित्र हेर्न नपाएको पनि धेरै भइसक्यो । सन् २००८ मा भारतीय नागरिक तथा युवा काँग्रेस मथुरा लोक सभाका अध्यक्ष समेत रहेका आशुतोस भारद्वजसँग विवाह गरेपछि भारतको मथुरामा बस्दै आएकी विपना एक छोराकी आमा भइसकेकी छन् । विपना आफ्ना पारिवारिक जीवना निकै खुसी छिन् । उनीले आफ्नो सन्तानको रेखदेख राम्रोसँग गर्नु पर्ने भन्दै नेपाली चलचित्रमा फेरी नआउने संकेत व्यक्ति गरेकी छन् । सामाजिक सञ्जालमा रहेको एक अनलाइन टिभीसँग नायिका विपनाले गरेको कुराकानीको केही अंशः
तपाई नेपाली चलचित्रका दर्शकहरुलाई मिस गर्नु हुन्छ ?
म मिस गर्छु धेरै मिस गर्छु । घर परिवार कुनै पनि कुरालाई मिस गर्न समय चाहिदैन । म काठमाडौं आए भने म मेरो बच्चाहरुलाई, मेरो श्रीमानलाई, मेरो साथीहरुलाई भने म फेरी काठमाडौं छोडेर गएपछि यहाँ को फिल्म इन्ड्रष्ट्रीलाई यहाँको परिवारलाई, यहाँको दर्शकहरुलाई मिस गर्छु, मिस गर्नको लागि समय चाहिदैन । जो आफ्नो मन भित्र त्यसलाई सधैभरी मिस गरिरहेको हुन्छ सबैले ।
विशेष गरी कलाकारहरुलाई दर्शकहरुको माया, सम्मान, शुभेच्छा भन्ने कुरा भुल्न एकदमै गा¥हो हुन्छ भन्छनी हो ?
हो । किनभने कलाकार भनेको पब्लिक फिगर हो । उनीहरुको शरीर भनेकै पब्लिकको शरिर हो । जसले गर्दा पब्लिकसँग दुरी बनाई बस्न त धेरै गा¥हो हुन्छ । पब्लिकलाई विर्सन एकदमै गा¥हो हुन्छ । त्यसै कारण पब्लिक र इन्ड्रष्टीजलाई विर्सनु त हुदै हुदैन । आफ्नो कर्मभूमिलाई बिर्सने कुरै भएन ।
त्यसो भए त्यति गार्हो छैन ?
विसेको कुरा पो सम्झिन गार्हो हुन्छ । मैले त विर्सेको पनि छैन । मलाई गार्हो छैन ।
तपाई भुकम्प पछि नेपाल आउनु भएको थियो नि होइन ? अनि अहिले ?
म आइ रहन्छु । म भुकम्प पछि पनि आएको थिए । आफुले सकेको र सक्ने सहयोग गरु भनेर आएको थिए । आफ्नो मान्छेलाई आपत परेको बेला आफ्नै मान्छेले त सम्झने होनी ।
त्यति बेला बाहिरको मानिसहरु त सम्झेर आएको थिए नि । मेरो त आफ्नो मान्छे, मेरो माइती आफ्नो आमाको घर त्यही भएर आएको थिए । त्यही पनि म काठमाडौं आइनैरहन्छु ।  अहिले चै विशेष मेरो भाई अर्थात सानुमम्मीको छोराको विवाह छ । विवाहको लागि आएको ।
काठमाडौंमा तपाईको को को हुनुहुन्छ ?
मेरो सबै परिवार नै काठमाडौंमा नै हुनुहुन्छ । म जन्मेकै काठमाडौंमा हो । मेरो घर नै काठमाडौं कलंकी स्वीचाटारमा । मेरो बाउँ बाजे देखि नै यही हो ।
दर्शकवाट त टाढा रहनु भयो तर परिवार पनि टाढा रहनुभयो त्यसलाई कसरी लिनुहुन्छ ?
माया अन्धो हुन्छ रे साँच्चै नै विपनालाई देखेर साँच्चै नै अन्धो हुन्छ भन्छन् । त्यसमा पनि केटी मान्छेको तीन जन्म हुन्छ । एउटा आमाले दिएको जन्म, अर्को विवाह पनि बुहारी स्वास्नी, तेस्रो आमाको त्यसको कारण यि तिन अवस्थाहरुमा कुनै न कुनै ठाउँमा पुगेर कही न कही मिल्नै पर्छ ।
भाग्य आफ्नो आफ्नो हो कुन ठाउँमा कसरी कहाँसम्म जोडिएको छ । म अलिकती भगवानलाई पनि विश्वास गर्छ । त्यही भएर होला । म कर्म र धर्म दुइटामा विश्वास गर्छु । त्यसमा पनि म खुसी छु ।
नयाँ परिवेश, नयाँ ठाउँमा घुलमिल हुन शुरुका दिनहरुमा गार्हो भएन ?
मलाई शुरुका दिनमा कुनै त्यस्तै अनुभव नै भएन किनकी मेरो आमा, साथीको रुपमा मैले मेरो सासुलाई पाए उहाँले मलाई मेरो सासु रुपमा हैनकी मलाई मेरो साथीको रुपमा हेर्र्नुहुन्थ्यो ।
तर उहाँको केही समयमा पछिको मृत्यु पछि भने म त्यहाँ नबस्ने नै अवस्थामा पुगेको थिए । त्यस बेला म धेरै टुटिसकेको पनि थिए । त्यस बेला मेरो श्रीमानले मलाई धेरै सपोर्ट गर्नुभयो ।
नेपाली चलचित्रमा फेरी आउने सोच बनाउनु भएको छ ?
मलाई विपना भनेर चिनाउने नै नेपाली चलचित्र हो । आइमाईको जिन्दगी हो । घर परिवार पनि हेर्ने प¥यो । सानो बच्चा छ । बच्चालाई छोडेर पालन पोषणमा कमी गराएर फ्याकेर चलचित्रमा काम गर्ने कुरा हुँदैन । आमा हुने कर्तव्य पनि निभाउनु प¥यो नि विपनाले । म यत्तिकै भन्न सक्दिन कि फेरी चलचित्रमा आउनछु भनेर ।
भारतमै बस्नुको कारण चै के हो ?
उता श्रीमान डक्टर पनि हस्पिटल पनि छ सानो, डिग्री कलेज छ ३ वटा । त्यो हस्टिलमा संलग्न भएको कारणले पनि त्यो छोडेर आउन नमिल्ने त्यसमा पनि मेरो श्रीमान त नेता । उहाँको राजनीतिका कारण नै प्रमुख हो ।
भन्नेहरुले त विपना पनि नेता हो भन्छन् त ?
मलाई भन्नेहरुले भन्छन् । नेताको छोरी राजनीति गर्न जानेको छ । मलाई आलु हिरोइन भन्छन् किनभने आलु भेज ननभेज सबैमा मिल्ने भएकोले नै मलाई आलु हिरोइन भनेका हुन । म प्रायः सबै प्रकारको फिल्ममा अभिनय गर्न सक्ने भएकाले नै आलु हिरोइन भन्थ्ये । (मज्जाको टिभीमा भएको अन्र्तरवाताको केही अंश)

5270
Shares

ट्रेन्डिङ