सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • काभ्रेमा गाई काट्ने ३ जना पक्राउ

काभ्रेमा गाई काट्ने ३ जना पक्राउ

570
Shares
काभ्रेमा गाई काट्ने ३ जना पक्राउ

काभ्रे : काभ्रेको धुलिखेलमा गाई काट्ने ३ जना पक्राउ परेका छन् ।

सोमबार साँझ धुलिखेल १२ ठूलीचौर स्थित ठुलीचौर जंगलमा गौ हत्या गरि बोरामा मासु लिई नमोबुद्ध न.पा. ११ तर्फ लिई जाँदै गरेका ३ जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- ११ का ५६ वर्षीय इन्द्रबहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन् ।

सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनास्थलबाट गाईको छाला र खुट्टाहरु प्रहरीले बरामद गरेको छ ।

570
Shares

ट्रेन्डिङ