सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

280
Shares
कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । 

कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

280
Shares

ट्रेन्डिङ