सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी : विजय सभालाई ओलीले सम्बोधन गर्ने

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी : विजय सभालाई ओलीले सम्बोधन गर्ने

270
Shares
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी : विजय सभालाई ओलीले सम्बोधन गर्ने

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।

सोहि अवसरमा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् । सभा दिउँसो १ बजे आयोजना हुने  छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार  मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन् ।

270
Shares

ट्रेन्डिङ