सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ४० लाख रुपैयाँको अवैध सामानसहित भारतीय पक्राउ

४० लाख रुपैयाँको अवैध सामानसहित भारतीय पक्राउ

210
Shares
४० लाख रुपैयाँको अवैध सामानसहित भारतीय पक्राउ

धनगढी । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई स्रोत नखुलेको सामानसहित पक्राउ गरिएको हो ।

सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एन्ड सप्लायर्सको गोदाममा प्रहरीले छापा हानेर सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा हानेको थियो । प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख ४ हजार रुपैयाँ भएको जनाएको छ ।

बरामद गरिएको ट्रक, सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ ।

210
Shares

ट्रेन्डिङ