सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • ललितपुरको आनन्द वनमा डढेलो: कुष्ठरोग अस्पतालका बिरामी सारियो

ललितपुरको आनन्द वनमा डढेलो: कुष्ठरोग अस्पतालका बिरामी सारियो

315
Shares
ललितपुरको आनन्द वनमा डढेलो: कुष्ठरोग अस्पतालका बिरामी सारियो

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।  आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।

315
Shares

ट्रेन्डिङ