सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • आगलागीबाट रोशी गाउँपालिकाका १५ घर नष्ट

आगलागीबाट रोशी गाउँपालिकाका १५ घर नष्ट

315
Shares
आगलागीबाट रोशी गाउँपालिकाका १५ घर नष्ट

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर  जलेर नष्ट भएका छन् ।

सानोपोटा गाउँ नजिकको सामुदायिक वनबाट फैलिएको आगोगाउँ पसेपछि  १५ घर, १० गोठ र ८ वटा शौचालय नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

आगोलागीका कारण मानवीय क्षति भने नभएको बताइएको छ ।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

315
Shares

ट्रेन्डिङ