सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

250
Shares
नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

 काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।

ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।

५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । दुई जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ । बाँकी रकम भारत पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ ।

250
Shares

ट्रेन्डिङ