सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • भारतले इन्टरनेट रोक्दा व्यवसायीलाई चीनबाट सस्तो अफर

भारतले इन्टरनेट रोक्दा व्यवसायीलाई चीनबाट सस्तो अफर

255
Shares
भारतले इन्टरनेट रोक्दा व्यवसायीलाई चीनबाट सस्तो अफर

काठमाडौं । भारतले एक्कासी ब्याण्डविथ आपूर्ति रोकिदिएपछि नेपालमा इन्टरनेटको हाहाकार सिर्जना भएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको इन्टरनेट राम्ररी नचल्दा उपभोक्ताहरु मकामा परेका छन् ।

भुक्तानी नपाएको भन्दै भारतीय दूरसञ्चार कम्पनी एयरटेलले ब्यान्डविथ काटेको हो । वल्र्डलिंक, सुबिसु, सीजी, भायानेटलगायत कम्पनीका इन्टरनेटमा बिहीबार साँझबाट समस्या आएको छ । यी कम्पनीहरुले सूचना जारी गरेर ब्यान्डविथ आपूर्ति रोकिएकाले इन्टरनेट सेवा प्रभावित भएको बताएका छन् । वल्र्ड लिंकले यसको दोष सरकारलाई दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले नेपालमा भारतीय कम्पनीहरुबाट अधिकतम ब्यान्डविथ खरिद गर्दै आएका छन् । त्यसको भुक्तानीका लागि नेपालबाट बाहिर पैसा पठाउन सरकारले केही समयदेखि सटही सुविधा रोकेको थियो । इन्टरनेट कम्पनीहरुले कानूनअनुसार इन्टरनेट मर्मत सम्भारको शुल्कमा लाग्ने रोयल्टी र आरटीडीएफ दस्तुर तिर्न नमानेपछि समस्या आएको हो । सोही कारण मन्त्रालयले इन्टरनेट सेवाप्रदायक कम्पनीले अपस्ट्रिम सेवा प्रदायकहरुलाई भुक्तानीका लागि विदेशी मुद्रा सटही गर्न आवश्यक पर्ने सिफारिस पत्र रोक्दै आएको छ ।

नेपालका इन्टरनेट सेवा प्रदायक संस्थाहरू अधिकांशले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको शुल्क विगत १० आर्थिक वर्षदेखि राज्यलाई बुझाएका छैनन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सो रकम भुक्तानी गर्न उनीहरूलाई ताकेता गरेको थियो । तर, पनि तिर्न नमानेपछि सटही अनुमति रोकिएको हो ।

मन्त्रालयले सरकारलाई रकम बुझाएपछि मात्रै थालेपछि विदेशी मुद्रा सटही अनुमति दिने बताएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बारम्बार अनुमतिका लागि प्रयासरत छन् । उनीहरुले इन्टरनेट काटिनुको दोष घुमाउरोरुपमा सरकारलाई दिएर राजश्व नतिर्नका लागि दवाव बढाएको एक अधिकारी बताउँछन् । जबकि सरकारलाई नियमित राजश्व बुझाइरहेकाले नेपाल टेलिकम र एनसेलको भुक्तानी समस्या छैन । साथै, उनीहरुको ब्यान्डविथ पनि काटिएको छैन र इन्टरनेट सुचारु छ ।

त्यसो त एयरटेललाई भुक्तानी गर्न नसकेका कम्पनीहरुले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ‘अफसोर’ अकाउन्ट खोलेर पैसा जम्मा गर्ने सम्झौता गरेको बुझिएको छ । स्रोतका अनुसार उनीहरुले भारतीय दूतावाससँग नै कुरा गरेर तथा दूरसञ्चार प्राधिकरणलाई जानकारी दिएर अफसारे अकाउन्ट खोलेका हुन् । तर, यो अकाउन्टमा पनि उनीहरुले पर्याप्त पैसा जम्मा गर्न नसकेपछि ब्यान्डविथ काटिएको हो । सबै पैसा जम्मा गर्नेहरुको लाइन कटौति गरिएको छैन ।

एनडीएस भन्ने कम्पनीको आरटीडीएस र रोयल्टीको कुनै इस्यू थिएन । तर, उसले ब्यान्डविथको पैसा तिर्न नसकेपछि एयरटेल र टाटाले लाइन काटिदिएका थिए । यसले पनि प्रष्ट हुन्छ कि भुक्तानी समस्यामा जिम्मेवार सरकार नभएर कम्पनीहरु स्वयम् हुन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी विकल्पविहीन पनि छैनन् । यदि एयरटेलले नै बदमासी गरेर लाइन काटेको हो भने चीनबाट ब्यान्डविथ खरिद गर्ने । अहिले पनि थोरै परिमाणमा नेपालमा हङकङको कम्पनीबाट चीन हुँदै ब्यान्डविथ आयात भइरहेको छ । हङकङको कम्पनीले भारतीय कम्पनीभन्दा निकै कम दरमा ब्यान्डविथ अफर गरेका छन् । त्यसैले यदि एयरटेलले दुख दिएको खण्डमा व्यवसायीहरु चीनबाट ल्याउन सक्षम छन् ।

255
Shares

ट्रेन्डिङ