सबैको समाचार
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • काभ्रेमा वनमा आगो लगाउने ५ जना पक्राउ

काभ्रेमा वनमा आगो लगाउने ५ जना पक्राउ

545
Shares
काभ्रेमा वनमा आगो लगाउने ५ जना पक्राउ

काभ्रेमा वनमा आगो लगाउने ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्रहरीले गत चैत २८ गतेदेखी हालसम्म ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये ३ जनाविरुद्ध जिल्ला वन कार्यालय काभ्रेबाट मुद्दा दर्ता भएको छ भने २ जनालाई सम्झाई बुझाई गरेर छाडेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जानकारी दिएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ का मैते तामाङ, पाँचखाल नगरपालिका ५ का २५ वर्षीय विकास भुजेल र सविन सुनारलाई मुद्दा चलाइए छ । मैते तामाङले मण्डनदेउपुर वडा नम्बर ११ मा रहेको तर्किनीटार सामुदायिक जंगलमा २०८० चैत २८ गते आगजनी गरेका थिए ।

यता विकास भुजेल र सविन सुनारले पाँचखाल ५ को रातमाटे सामूदायिक वनमा आगजनी गरेको अभियोग छ । वैशाख ४ गते पक्राउ परेकी नमोवुद्ध १ कि ८० वर्षकी आइतीमाया तामाङलाई सम्झाई बुझाई छाडिएको छ भने वैशाख २० गते पक्राउ परेका चौरी देउराली ६ बस्ने ४९ वर्षका लालकुमार सेन ठकुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा रहेका छन् ।

545
Shares

ट्रेन्डिङ