सबैको समाचार
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

990
Shares
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार राति जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१-००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु  भएको हो ।

घाईते हुनेहरुमा धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक रहेका छन् ।

990
Shares

ट्रेन्डिङ