सबैको समाचार
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • आज महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

आज महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

285
Shares
आज महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

काठमाडौं :- काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि वागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरुमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नु/नगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा भएको व्‍यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ । ‘

285
Shares

ट्रेन्डिङ