सबैको समाचार
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • नक्कली नोटसहित १ महिला पक्राउ

नक्कली नोटसहित १ महिला पक्राउ

350
Shares
नक्कली नोटसहित १ महिला पक्राउ

जाजरकोट :- नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले बताए ।

350
Shares

ट्रेन्डिङ