सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • सबैको समाचारको नवौँ वर्षमा यात्रा आरम्भ

सबैको समाचारको नवौँ वर्षमा यात्रा आरम्भ

970
Shares
सबैको समाचारको नवौँ वर्षमा यात्रा आरम्भ

डिजिटल मिडियाको प्रतिस्पर्धी बजारमा एउटा संस्था जन्माएर आफ्नो पहिचान स्थापित गर्दै आजबाट हामी ९औं वर्षमा प्रवेश गरेका छौं । प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो ८ वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएका छौं।

सर्वप्रथम प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पु¥याउन सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्न चाहान्छौं । साथै प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पु¥याउन सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा राखेका छौं ।

९ वर्ष अघि अर्थात २०७३ बैशाख २७ गते सबैको समचारको न्युज पोर्टलको स्थापना भएको थियो । सिमित श्रोत साधन र असिमित समस्या र चुनौती झेल्दै नमोबुद्ध प्रा.लि द्धारा सञ्चिालित सबैको समाचार डटकमका लागि पक्कै पनि सहज थिएन । अत्यन्त प्रतिस्पर्धात्मक बन्न पुगेको आजको डिजिटल पत्रकारिताको दुनियाँमा विश्वसनीयता आर्जन गर्नु स्वयंमा चुनौतीपूर्ण कार्य थियो, छ र हुनेछ । तपाईंहरुको माया,विश्वास र निरन्तरको खबरदारीले हामीलाई त्यसतर्फ डोर्‍याउन मद्दत पुर्‍याएको छ।

काभ्रेपलाञ्चोक जिल्लामा हामीले अनलाईन सञ्चालन गर्दै गर्दा ३ वटा मात्र अनलाईन खुलेका थिए । ती पनि गुमनाम जस्तै थिए । जब सबैको समाचार डटकमको सुभारम्भ भयो अनि काभ्रेमा अनलाइन न्युज पोर्टल खोल्ने क्रमले तिब्र रुप लियो । त्यसपछिका समयमा चुनौतिहरुसँग लड्दै जुध्दै सत्य र तथ्य सूचना सम्पे्रifण गर्न हामी कहिल्यै पछि परेनौं ।

“तपाईं हामी सबैलाई समेट्ने सबैको समाचार ” भन्ने मूल नाराका साथ अघि बढिरहेको सबैको समाचारले सबैलाई समेटि निरन्तर अघि बढिरहेको र आगामि दिनहरुमा पनि बढ्ने छ । तपाईंले हामी माथि गर्नुभएको विश्वास , र भरोसालाई अझ सुसूचित बनाउने दायित्व थपिएको महसुस भएको छ। त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौं । आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन्।

मुलुक आर्थिक मन्दीको चपेटामा छ। अर्थतन्त्र लयमा फर्किन सकेको छैन। नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ।

विशेष गरी काभ्रे जिल्ला भरिको घटनाक्रमको सूचना र विश्लेषणका अतिरिक्त देशमा भइरहेका अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्ध हामीले निरन्तर सम्प्रेषण गरिरहेका छौं । यसबीचमा हामीले आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति नै तपाईंहरुको यही माया, विश्वास र निरन्तर खबरदारी हो। यसले नै हामीलाई थप जिम्मेवारीबोध गर्न र लक्ष्यमा अघि बढ्न अहं भूमिका खेलेको छ। हामी तपाईंहरुबाट सधैँ यस्तै सद्‍भाव र खबरदारीको अपेक्षा गर्दछौं।

अन्त्यमा सबैको समाचारलाई अझ लोकप्रिय, परिस्कृत, भरपर्दो एवं विश्वसनीय मूलप्रवाहको अनलाइन सञ्चार माध्यमका रुपमा विकसित गर्ने हाम्रो अभियानमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता एवं शुभेच्छुकहरुको निरन्तर सहयोग र पृष्ठपोषणको अपेक्षा गर्दछौं ।

नमोबुद्ध मिडिया प्रालि परिवार
(सबैको समाचार डट कम )

970
Shares

ट्रेन्डिङ