सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

315
Shares
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ ।

 नेपाल प्रहरीको काठमाडौंबाट खटिएको लागु औषध अनुसन्धान ब्युरोको टोली र बाँकेको जिल्ला प्रहरीको संयुक्त टोलीले लागु औषध कारोबारीलाई नियन्त्रण लिने क्रममा आज बिहान गोली चलाएको हो ।

कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

 

315
Shares

ट्रेन्डिङ