सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • बसबाट खसेकी बालिकाको मृत्यु

बसबाट खसेकी बालिकाको मृत्यु

310
Shares
बसबाट खसेकी बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरीमा बसबाट खसेर बालिकाको मृत्यु भएको छ। 

बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडf नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको हो। 

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त चापागाउँले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

310
Shares

ट्रेन्डिङ