सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • रक क्लाइम्बिङ गर्ने क्रममा खसेर मृत्यु

रक क्लाइम्बिङ गर्ने क्रममा खसेर मृत्यु

320
Shares
रक क्लाइम्बिङ गर्ने क्रममा खसेर मृत्यु

खोटाङ । रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको मृत्यु  भएको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडा बस्ने ३५ वर्षीय सुचन राईको मृत्यु भएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका राई हाल दिक्तेलको हाट डाँडामा बस्दै आएका थिए ।

प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार भीरबाट लडेपछि बेलुकी साढे ६ बजे जिल्ला अस्पतालमा ल्याइएको थियो । ७ बजेतिर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी खड्काले सुनाए । करिब ३२ मिटर अग्लो मझुवाभीरमा गत चैत २३ गते रक क्लाइम्बिङको परीक्षण गरिएको थियो ।

नेपाल नेसनल माउन्टेन्ट गाइडले रुड निर्माण गरेको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको थियो ।

तालिममा ७ जना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका ५ जना गरी १२ जनाले तालिम लिएका थिए ।

320
Shares

ट्रेन्डिङ