सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • ‘प्रचण्ड’ सँग आगामी बजेट दलितमैत्री बनाउन माग

‘प्रचण्ड’ सँग आगामी बजेट दलितमैत्री बनाउन माग

185
Shares
‘प्रचण्ड’ सँग आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले आगामी आर्थिक वर्षको बजेट दलितमैत्री बनाउन आग्रह गरेका छन् ।

नेताहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्रीसँग भेट गरी त्यस्तो आग्रह गरेका हुन् ।

त्यसक्रममा उनीहरूले दलित समुदायको हकहित संरक्षणका लागि बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग मागपत्रसमेत हस्तान्तरण गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने दलित समुदायका नेता, नेपाल दलित मुक्ति मोर्चा र सांसदहरूका तर्फबाट मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले दलितमैत्री बजेट, नीति तथा कार्यक्रम बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद रणेन्द्र बरालीले जानकारी दिए ।

185
Shares

ट्रेन्डिङ