सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठक जेठमा सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठक जेठमा सम्बोधन गर्ने

200
Shares
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठक जेठमा सम्बोधन गर्ने

काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयले आज सूचना जारी गर्दै २०८१ साल जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गरेका हुन् । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने कार्यतालिका छ ।

सबै सांसदलाई उक्त दिन २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई सक्न भनिएको छ ।

200
Shares

ट्रेन्डिङ