सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

3120
Shares
राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण भयो ।  समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।
नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो । श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उहाँका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेखित छ ।
वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने विश्वास रहिआएको छ ।  उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ठ श्रेणी कर्मचारी र सुरक्षा निकायका प्रमुख पनि वसन्त श्रवणका लागि हनुमानढोका पुग्नुभएको थियो ।
हनुमानढोका दसँै घरका मूल पुरोहित पुजारी पण्डित अर्यालले वसन्त पञ्चमीको महिमासम्बन्धी १२ वटा श्लोक वाचन गर्नुभएको थियो । वसन्तश्रवण भइरहँदा नेपाली परम्परागत लोकबाजा पञ्चै बाजा बजाइएको थियो । त्यस अवसरमा नेपाली सेनाबाट मङ्गल धुन समेत प्रस्तुत भएको थियो ।
सो समारोहको व्यवस्थापन पुरातत्व विभाग, कौशितोषाखाना कार्यालय, हनुमानढोका दरबार हेरचाह अड्डा र गृह मन्त्रालयले आयोजना गरेको हो ।
समारोहपछि गृहमन्त्रीले आगामी दिनमा मूल पुरोहितलाई वसन्त श्रवणको महिमाबारे नेपाली भाषामा बुझिने गरी प्रस्ततु गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको थियो । रासस

3120
Shares

ट्रेन्डिङ