सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजविराज औैद्योगिक क्षेत्रमा उद्योग सञ्चालन

राजविराज औैद्योगिक क्षेत्रमा उद्योग सञ्चालन

4805
Shares
राजविराज औैद्योगिक क्षेत्रमा उद्योग सञ्चालन

सप्तरीको बसबिटी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनमा आएको छ ।  मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले रु पाँच करोडको लागतमा डेरी सञ्चालनमा ल्याएको हो । राजविराज औैद्योगिक क्षेत्रमा अरु दुईवटा उद्योग चाँडै सञ्चालनमा ल्याउने तयारी भएको सो औद्योगिक क्षेत्रका कार्यालय प्रमुख सञ्जय थापाले जानकारी दिनुभयो ।
“थप चारवटा उद्योग सञ्चालन गर्ने तयारीमा जुटेका छौँ,” थापाले भन्नुभयो । उक्त औद्योगिक क्षेत्रमा रहेका दशवटा उद्योग सेड सञ्चालनमा आएपछि १३० रोपनी जग्गामा अन्य उद्योग सञ्चालन गर्न सकिने थापाको भनाइ छ ।
उद्योग स्थापनाका लागि ठाउँ ओगट्दै आए पनि वर्षांँैदेखि पुराना उद्योगपतिले वर्षौँदेखि लाखौँ रुपैयाँ बक्यौता तिरेका छैनन् । उनीहरुले प्रतिव्यक्ति रु पाँच लाखदेखि रु आठ लाखसम्म बक्यौता तिर्न बाँकी छ । सो औद्योगिक क्षेत्रमा १२ कर्मचारीको दरबन्दी भएपनि हाल नौ जना कार्यरत छन् । रासस

4805
Shares

ट्रेन्डिङ