• होमपेज
  • खाना पकाउने ग्यासमा रु २५ वृद्धि

खाना पकाउने ग्यासमा रु २५ वृद्धि

खाना पकाउने ग्यासमा रु २५ वृद्धि

खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ । आज राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो ।
“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उहाँले भन्नुभयो । इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उहाँको भनाइ छ ।
यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका