सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • म्यानमारका राष्ट्रपति कम्बोडियाको भ्रमणमा

म्यानमारका राष्ट्रपति कम्बोडियाको भ्रमणमा

3155
Shares
म्यानमारका राष्ट्रपति कम्बोडियाको भ्रमणमा

कम्बोडियाका नरेश नरोडम सिंहमोनिको निमन्त्रणामा म्यानमारका राष्ट्रपति उ टिन क्याव चार दिने सद्भाव भ्रमणको क्रममा शुक्रबार कम्बोडियाको राजधानी न्होमपेन्ह आइपुग्नु भएको छ । गत वर्षको मार्च महिनामा पदभार ग्रहण गरे पश्चात् राष्ट्रपति क्यावको यो पहिलो कम्बोडिया भ्रमण भएको जनाइएको छ ।
भ्रमण तालिका अनुसार, कम्बोडियाली नरेशद्वारा उहाँको सम्मानमा आज अपरान्ह आयोजित एक राजकिय बैठकमा र तथा साँझको रात्रिभोजमा राष्ट्रपति क्याव सम्मिलित हुनुहने छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास – पिस प्यालेसमा राष्ट्रपति क्याव र कम्बोडियाली प्रधानमन्त्री साम्देक टेको हुनसेनकाबीच द्विपक्षीय हितका विषयमा वार्तालाप हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति क्याव स्वदेश फर्कनु अघि शनिबारै वा आइतबार दिउँसो उहाँलाई उत्तर–पश्चिमी कम्बोडियाको सिम रिप प्रान्तमा अवस्थित तथा विश्व सम्पदा सूचिमा सूचिकृत एङ्कर पुरातात्विक स्मारकस्थल (एङ्कर आर्कियोलोजिकल पार्क) को अवलोकन गराइने छ ।
प्रजातन्त्रबादी विश्वप्रसिद्ध नेतृ आङग सान सुकिको अध्यक्षतामा रहेको सत्तारुढ दल – नेशनल लिग फर डेमोक्र्यासिका एक हस्तीको रुपमा रहनु भएका उ टिन क्याव गत वर्षको मार्च महिनामा म्यानमारको राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो । रासस /सिन्ह्वा

3155
Shares

ट्रेन्डिङ