• होमपेज
  • नमस्ते प्रिपेडमा पनि 4G सेवा सुरु

नमस्ते प्रिपेडमा पनि 4G सेवा सुरु

नमस्ते प्रिपेडमा पनि 4G सेवा सुरु

नेपाल टेलिकमले आजबाट जीएसएम प्रिपेड प्रयोकर्ता ग्राहकहरुलाई फोर–जी सेवा दिने भएको छ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर(जी सेवा दिन सुरु गरेको थियो । टेलिकमका अनुसार यो सेवा हाललाई काठमाडौं र पोखराका प्रिपेड ग्राहकहरुलाई मात्र यो सेवा उपलब्ध गराइने छ ।
टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।
टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर–जी सेवा प्रारम्भ गरेको थियो ।
१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ । फोर(जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।
काठमाडौंमा फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर–जी नेटवर्क उपलब्ध रहेको टेलिकमले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका