सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बोइलर चल्लाको मूल्य बढ्यो

बोइलर चल्लाको मूल्य बढ्यो

4195
Shares
बोइलर चल्लाको मूल्य बढ्यो

नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो ।  यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ ।
नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताउनुभयो ।
फागुपूर्णिमालाई लक्ष्य गरी बोइलर पाल्ने किसानको सङ्ख्यामा समेत वृद्धि भएकाले माग बढेको उहांँको भनाइ छ । विशेषगरी फागुपूर्णिमामा तराईका जिल्लामा मासुको अत्यधिक खपत हुने गर्दछ । पछिल्लो समय बोइलर मासुमा समेत मूल्य वृद्धि भएपछि किसान यसतर्फ आर्किर्षत भएका हुन् ।
अध्यक्ष पौडेलका अनुसार चितवन जिल्लामा मात्रै प्रतिहप्ता १५ लाख चल्ला उत्पादन हँुदै आएको छ । उत्पादनको करिब ४० प्रतिशत चितवनमा मात्रै खपत हुन्छ भने, ६० प्रतिशत देशका विभिन्न जिल्लामा जाने गर्दछ । पछिल्लो समयमा चितवनमा अण्डाको मूल्यसमेत बढ्दै आएको छ ।
भूकम्पका बेला अस्तव्यस्त बनेको कुखुरा व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको अण्डा व्यवसायी शिवराम केसीको भनाइ छ । नेपालमा कुखुरा व्यवसायमा झन्डै रु ७५ अर्ब लगानी भएको छ । चितवनलाई कुखुराको राजधानीको रुपमा चिनिन्छ । रासस

4195
Shares

ट्रेन्डिङ