सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एसबिआई बैंकको नाफामा बृद्धि

एसबिआई बैंकको नाफामा बृद्धि

2605
Shares
एसबिआई बैंकको नाफामा बृद्धि

नेपाल एसबिआई बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७५ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा २१ प्रतिशतले वृद्धि हो ।
सो अवधिसम्म आइपुग्दा बैंकले जनतासँग ७७ अर्ब ५० करोड रुपैयँ निक्षेप संकलन गरी ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको कर्जा निक्षेप अनुपात ६९ दशमलव ३२ प्रतिशत पुगिसकेको छ ।
यो वर्ष बैंकको चुक्ता पूँजी ८२ करोड रुपैयाँ थपिएको छ । यससँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष भित्र राष्ट्र बैंकको नीति अनुरुप ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन अझै ४ अर्ब २२ करोड रुपैयाँ आवश्यक छ ।
 

2605
Shares

ट्रेन्डिङ