सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको नाफामा २५ प्रतिशतले बृद्धि

लक्ष्मी बैंकको नाफामा २५ प्रतिशतले बृद्धि

3220
Shares
लक्ष्मी बैंकको नाफामा २५ प्रतिशतले बृद्धि

लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ मात्र बढी हो ।
सो अवधिमा बैंकले ब्याज आम्दानी तथा अन्य संचालन आम्दानीमा सामान्य मात्र सुधार गरेको छ । तर, निक्षेप संकलन तथा कर्जा प्रवाहलाई भने उच्च रुपमा बृद्धि गरेको छ ।
बैंकले निक्षप संकलन ३४ प्रतिशतले बृद्धि गरी ५५ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ३८ प्रतिशतले बृद्धि गर्दै ४६ अर्ब ७१ करोड रुपैयाँ पुयाएको छ । सो अवधिमा बैंकको खराबकर्जा भने समान्य बढेको देखिन्छ ।
अधिल्लो वर्षको सोही अवधिमा खराब कर्जा कुल कर्जा प्रवाहको १ दशमलव १ प्रतिशत रहेकोमा चालू आवमा आईपुग्दा बढेर १ दशमलव ३८ प्रतिशत पुगेको छ ।

3220
Shares

ट्रेन्डिङ