सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सांस्कृतिक सङ्घको अध्यक्षमा थापा

सांस्कृतिक सङ्घको अध्यक्षमा थापा

3425
Shares
सांस्कृतिक सङ्घको अध्यक्षमा थापा

नेपाली काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक सङ्घको अध्यक्षमा तीर्थबहादुर थापा पुनःनिर्वाचन हुनुभएको छ । सङ्घको सहमतिमा चयन भएको नयाँँ नेतृत्वमा अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन हुनुभएको निर्देशन समिति सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै सङ्घको महामन्त्रीमा दुर्गा रायमाझी, शिवशङ्कर रिजाल र रोशनी केसी चयन हुनुभएको छ । सङ्घको महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि पार्टीले गठन गरेको निर्देशक समितिले सहमतिका आधारमा पाँच जना पदाधिकारीको टुङ्गो लगाएको हो ।
कार्यसमितिका बाँकी ८० पदाधिकारी तथा सदस्यको शीघ्र सहमतिका आधारमा चयन गरिने नेता घिमिरेले जनकारी दिनुभयो । रासस

3425
Shares

ट्रेन्डिङ