सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अमेरिकाको भविष्य महिला हुन् : हिलारी क्लिन्टन

अमेरिकाको भविष्य महिला हुन् : हिलारी क्लिन्टन

2915
Shares
अमेरिकाको भविष्य महिला हुन् : हिलारी क्लिन्टन

सन् २०१६ को अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै विश्वको भविष्य महिला भएको बताउनुभएको छ ।
गत महिना दशौँ लाख महिलाद्वारा गरिएको प्रदर्शनले महिला अब आफ्नो अधिकारका लागि मात्र सङ्घर्ष गर्ने नभएर विश्वको नेतृत्व लिन अग्रसर हुने बताउनुभयो ।
साहसी महिला अब अघि बढ्नु पर्छ र बोल्नुपर्छ भन्दै उहाँले किशोरी र महिला अब विश्वको भविष्यका लागि चिन्तित हुन आग्रह गर्नुुभएको छ ।
सन्देश सोमबार सुरु भएको तीनदिने ‘मेकर्स’ सम्मेलनका अवसरमा तयार पारिएको थियो । सम्मेलनमा अमेरिकाका उच्च पदस्थ राजनीतिकर्मी, सिने कलाकार र व्यवसायीहरुको सहभागिता रहेको छ । रासस÷एपी

2915
Shares

ट्रेन्डिङ