सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रचण्डको घाँटीमा देउवाको दाम्लो

प्रचण्डको घाँटीमा देउवाको दाम्लो

3875
Shares
प्रचण्डको घाँटीमा देउवाको दाम्लो

विशालबाबु आचार्य
काठमाडौं । प्रचण्डलाई सिंहदरवारको बेलायती बैठकमा बिराजमान गराउन समर्थन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले आइजीपीमा जेबी नै हुनुपर्छ भनेर दाम्लो बाँधिदिएका छन् । यस मामिलामा पार्टीभित्रको आवाज र आफ्ना लगौंटिया विमेलेन्द्र निधिजस्ताको कुरा सुन्न पनि देउवा तैयार छैनन् ।
किनहोला भन्ने प्रश्नमा राजनीतिक विश्लेषकहरु भन्छन्– जातिवाद, भाषाभेदावाद, क्षेत्रवादको आलोचना भइरहेको बेलामा कांग्रेस सभापति देउवा समेत क्षेत्रीयवादी नै देखिए । जेवी अर्थात जयबहादुर चन्द वैतडीका हुन् । देउवा डडेलधुराका । चुनाव जित्न सजिलो हुने र जेब पनि भरिने । जेब भरिएपछि देउवाले जेवी जेवी भन्नु स्वभाविक हो ।
नवराज सिलवाल प्राथमिकता र मान्यता क्रममा पनि पहिलो नम्बरमा छन् । जेवी तेश्रो । केही हप्ता अघि राजनीतिक भागबण्डा गर्दा माओवादीको सिफारिसमा सशस्त्रको आइजीपी र कांग्रेसको सिफारिसमा नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने कुरा मिलेको थियो । यही मिलापको कारणले देउवाले जेवीको चयन गरेका हुन् । नेपाल प्रहरीका आइजीपी फागुन २ गते अवकाश हुनेछन् ।
अव हेर्नुछ, प्रचण्ड क्रमवद्ध गएर एक नम्बरका नवराज सिलवाललाई नियुक्त गर्छन् कि क्रम तोडेर ३ नम्बरका जयबहादुर चन्दलाई ? यसैवीच ४ दिन पछि बन्ने नयाँ आइजीपीको प्रतिपर्धीमा नम्बर १ मा रहेका डिआइजी नवराज सिलवालका बारेमा केही सञ्चार माध्यामहरुले गरेको प्रचार प्रसार धमिलो पानीमा माछा मार्ने काम जस्तै देखिन्छ । के सिलवालले गरेका यी कामका बारेमा ती सञ्चार माध्याहरुले एक पटक हेर्नुपर्ने देखिन्छ ।
सत्यलाई उल्टाउने र असत्यलाई मिडियामा ल्याउने साथीहरुका लागि यी घटनाले पाठ सिकाउने प्रष्टै छ । हाम्रो चाहाना योग्य, दक्ष, क्ष्मताबान र सक्षम व्यक्तिले नेपाल प्रहरीको नेतृत्व लिनु पर्दछ भन्ने हो । अरु केही होइन सिलवाल जब सीआइबीमा प्रमुख भएर पुगे उनीले आफ्नै सहकमी एसएसपी खत्रीलाई हतकडी लगाउन सफल भए र चर्चित मात्रै भएनन् ४३ किलो सुनमा प्रहरीकै उच्च अधिकृतको संलग्नता भएको जनता सामु ल्यादिएर प्रहरीको विग्रेको छवीलाई उच्च राख्ने काम गरे । आजको ४ दिनपछि बन्ने आइजीपी पदका दावेदार डिआइजी सिलवालले गरेका चर्चित घटना यस्ता छन् ः–
एसएसपीलाई नै हतकडीः सुन काण्ड
पछिल्लो समय नेपालमा सुन तस्कर निकै बढ्यो । झन् काठमाडौंमा अन्तर्रा्ष्ट्रिय बिमानस्थलबाटै ३३ किलो सुन तस्करी व्यापक भएपछि संसदमा समेत त्यो विषयले चर्को स्थान पाएको थियो । प्रहरीमाथि निकै दवाव पनि परेको थियो ।
प्रहरीले जहिले पनि सुन तस्करमा प्रयोग भएका भरियाहरुलई मात्रै पक्रने गरेको आरोप लाग्दै आएको थियो । तर, प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको थियो । विदेशबाट ठूलो परिमाणमा आउने सुन प्रहरीका केही अधिकृत र कर्मचारीकै मिलेमतोमा नेपाल भित्रिरहेको छ भन्ने सूचना हामीले पाएका थियौं ।
सोही अनुसार मैले अनुसन्धान व्यूरोबाटै एसपी मिरा चौधरीको नेतृत्वमा छुट्टै टोली निर्माण गरेर सुन तस्करको निगरानी गर्न खटाएँ । अनुसन्धानकै क्रममा अहिले पक्राउ परेका एसएसपी श्याम खत्रीनै त्यसको शंकामा परे ।
पछि उनलाई हेडक्वाटरमा तानियो । अहिले सम्पूर्ण प्रमाणहरु जुटाएर हेडक्वाटरबाटै पक्राउ गरेका छौं । उनीमाथि अहिले जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन थानामा राख्ने आदेश दिएको छ ।
अझैपनि प्रहरीकै अधिकृत लेभलका व्यक्ति र कर्मचारी यसमा संलग्न भएको पाएका छौं । उनीहरुमाथि पनि हामीले अनुसन्धान गरिरहेका छौं । उनीहरुलाई पनि पक्राउ गर्ने काम जारी रहने छ ।
सेतो कपडामा, कालो धन्दाः डाक्टर काण्ड
देशका विभिन्न ठाउँमा नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा छन् भन्ने सूचना प्राप्त भयो । त्यही सूचनाका आधारमा मलाई यो समस्या समाधान गर्नुपर्छ भन्ने लाग्यो ।
हामीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई प्रक्राउ गर्न ‘अपरेशन क्वाक’ सञ्चालन गर्योँ । यो ‘अपरेशन क्वाक’ अन्तर्गत देशका विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु धमाधाम पक्राउ हुन थाले । यसले सफलता प्राप्त गर्दै गयो । गत वर्ष २०७२ माघदेखि सुरु गरेको यस अभियानका क्रममा २०७३ असारसम्ममा ५८ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुलाई पक्राउ गर्न हामी सफल भयौं ।
अझै पनि यस कार्यमा निरन्तर निग्रानी तथा अनुसन्धान भइरहेको छ । मैले यो ‘अपरेशन क्वाक’ सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको नै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका विकृति तथा ठगीजन्य क्रियाकलापहरू नियन्त्रण गर्नु नै हो ।
नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू मात्रै भेटिएनन् । अन्य चिकित्सकको एनएमसी दर्ता नं. प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेहरुलाई पनि हामीले पक्राउ ग¥यौं । यी दुबै बिरूद्ध शिक्षा ऐन अन्तर्गतको मुद्दा दर्ता गरिएको छ ।
सरकारको अधिनमा रही हामीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्संग पनि समन्वय गर्ने कार्य गरेका थियौं । जसले गर्दा अभियान थप प्रभावकारी भयो । नागरिकमा परेको असर र आगामी दिनहरुमा चिकित्सा क्षेत्रमा हुन सक्ने विकृति हटाउन र सुरक्षित स्वास्थ्य क्षेत्रको निर्माण गर्न यो अभियानले महत्वूपर्ण भूमिका खेलेको छ ।
नक्कली पाइलटः शैक्षिक प्रमाण–पत्र
विश्वमा धेरै विमान दुर्घटना हुने देशमा नेपाल पनि पर्छ । त्यसका थुप्रै कारणहरु हुन सक्छन् । कतिपय अवस्थामा विमान चालकको पनि कमजोरी देखिएका छन् । विमानहरु दुर्घटना भइरहेका बेला नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालक भएका व्यक्तिहरु नेपाल वायु सेवामा छन् भन्ने सूचना मलाई प्राप्त भयो ।
त्यही सूचनालाई आधार मानी नेपाल नागरिक उड्यन प्राधिकरणसंग समन्वय गरेर हामीले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि विमान चालक भएकाहरुलाई पक्राउ गर्न नै मैले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेका हौँ ।
यो अपरेशनले पनि सफलता प्राप्त गर्दै गयो । यसक्रममा विभिन्न मितिमा विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी वायु सेवामा कार्यरत विमान चालक तथा तिनलाई सहयोग गर्ने व्यक्तिहरु पक्राउ परे ।
साथै नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने व्यक्तिलाई समेत कानुनी कठघरामा उभ्याउन सफल भइयो ।
यसक्रममा नक्कली प्रमाण पत्र पेश गरी पाइलोट कोर्स पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत इजाजत पत्र प्राप्त गरेका दुई जना पक्राउ गरेको थिएँ ।
कल वाइपास धन्दाः विदेशीको संलग्नता
नेपालमा कल बाइपास गर्ने कार्यमा पटक–पटक देशी दाता विदेशी व्यक्तिहरु पक्राउ पर्दै आएका छन् । हामीले कल बाइपासलाई नियन्त्रण गर्नका लागि ‘अपरेशन भ्वाइस फक्स’ सञ्चालनलाई प्रभावकारी बनायौँ ।
कल बाइपासमा संलग्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने सोच मैले बनाएँ । सोही अनुसार अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई कानुनी दायरामा ल्याउने सिलसिलामा काठमाण्डौ उपत्यका लगायत बाहिरका विभिन्न जिल्लाहरुमा संचालनमा रहेका अवैध कल बाईपास सेन्टरमा छापामार्न मातहतका निकायलाई निर्देशन दिएँ ।
यस ‘अपरेशन भ्वाइस फक्स’ अन्तर्गत अवैध कल बाइपास विरुद्ध ब्यूरोबाट हालसम्म ९४ स्थानहरु गरेको कारवाहीमा ११० जना नेपाली र ३१ जना विदेशी गरी १४१ जनालाई पक्राउ परेका छन् । कल बाइपासमा संलग्न यति धेरै व्यक्ति पक्राउ हुनु उपलब्धी हो । उनीहरु विरुद्ध अदालतमा मुद्दा समेत दायर गरिएको छ । प्रतिवादीहरुविरुद्ध ११ अर्ब ६८ करोड ३८ लाख १८ हजार ८७४ को बिगो मागदाबी पनि गरिएको छ ।
यो अभियान अन्तर्गत एकै व्यक्तिले विभिन्न ठाउँमा अबैध कल बाइपास सञ्चालन गरेको पनि पाइएको छ । यस कार्यमा एउटै व्यक्ति पटक पटक कल बाइपासमा संलग्न भएको पनि अनुसन्धानका क्रममा भेटिएको छ । हामीले अबैध कलमा प्रयोग हुने नेपाल दुर सञ्चार कम्पनीका २२ हजार १३६ सीमकार्डहरु र आधुनिक उपकरणहरु समेत बरामद गरेका छौं । मैले यो कार्यलाई अझै ध्यान दिइरहेको छु ।
बैंक एटिएमः ह्याकर काण्ड
एटीएम कार्ड ठगी कार्य भइरहेको छ भन्ने सूचनाको आधारमा मैले यसलाई रोक्न योजना बनाएँ । विभिन्न मध्यमबाट अनुसन्धान गर्नेक्रममा यसै वर्ष साउन महिनामा एटिएम कार्ड ठगिमा संलग्न रोमानिया नागरिकलाई लाजिम्पाटको एक होटलबाट पक्राउ ग¥यौं । उनी र होटलको खानतलासी गर्दा उनीबाट एटिएम कार्ड, रकम, ल्यापटप लगायत बरामद ग¥यौं । उनले विभिन्न देशहरुबाट एटिएमबाट रकम ठगी गरेको पाइयो । त्यसपछि एटिएम कार्ड ठगीको रहस्य खुल्यो ।
यसक्रममा विभिन्न मितिमा पाँच जना विदेशी नागरिकलाई हामीले कागजात सहित पक्राउ ग¥यौं । यस कार्यमा संलग्न भएका विदेशी नागरिकहरुबाट सीम कार्ड, विभिन्न व्यक्तिहरुका एटिएम कार्ड र ल्यापटप बरामद गरेका छौं । जसको माध्यमबाट हामीले विदेशी नागरिकहरुले नेपालमा आएर गर्ने एटिएम कार्ड ठगीको बारेमा थप जानकारी पाएका थियौं ।
एटिएम ठगी गरेर बैंक खाताबाट रकम झिक्ने कार्य गर्नका लागि यस कार्यमा संलग्न केही विदेशी नागरिकहरु पटक–पटक नेपाल आएको तथ्य पनि खुल्यो । त्यसपश्चात यस कार्यमा संलग्न विभिन्न समुहहरुलाई पक्राउ गरि बैंकिङ कसुर सजाय ऐन अन्तर्गत कार्वाही समेत गरेका छौं ।
एटिएम कार्ड ठगीमा विशेषगरी पूर्वी युरोपेली मुलुक टर्की, बुलगेरिया तथा रोमानियाका नागरिकहरु संलग्न भएको हामीले पायौं । उनीहरु अत्याधुनिक कार्ड स्किमिङ डिभाइस, हिडेन क्यामरा प्रणाली, व्ल्यांक कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपाल आउने गरेको तथ्य पनि भेटियो । उनीहरु एटिएम सेक्यूरेटी कमजोर भएका देशहरुमा गएर यस्तो क्रियाकलापमा संलग्न हुने गरेको पनि भेटियो ।
मानव बेचबिखन काण्ड
मैले केन्द्रीय अनुसन्धान व्युरो प्रमुखको जिम्मेवारी सम्हाली सकेपछि विशेष गरि अन्य थुप्रै अपराधिक क्रियाकलापहरु पनि नियन्त्रण भएका छन् । आफ्नो जिम्मेवारीलाई कसरी उपलब्धिमुलक बनाउन सकिन्छ र सफलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा मेरो बढी ध्यान जान्छ ।
मैले अनुसन्धानकै क्रममा सरकारी कागज किर्ते गरी अनुचित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गरेर कानुनी कठघरामा उभ्याएको छु । किर्ते कागज बनाई विदेश लैजाने कार्यको पनि मैले पर्दाफास गरेको छु । विभिन्न विशिष्ट व्यक्ति तथा सांसदहरुको विदेश भ्रमण सम्बन्धि कार्यमा असन्वन्धित व्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई सहयोगीको रुपमा किर्ते कागज बनाएर विदेश लैजाने कार्य भइरहेको रहेछ । उनीहरुलाई मैले अदालतमै पेश गरेँ ।
२० बर्ष मागेको हत्यारा पक्राउ
अदालतबाट सजाय सुनाइएका तर, सजाय भुक्तानी नगरेर फारर रहेका कैयौं फरार प्रतिबादीलाई पनि पक्राउ पार्न हामी सफल भएको छौँ । वषौं अघिदेखि अनुुसन्धान व्युरोमा थन्किएर कार्वाही नभएका फाइलहरु पल्टाएर मैले लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको छु । जस्तैः
–जबरजस्तीकरणीपछि महिलाको हत्या गर्ने २० वर्षपछि पक्राउ
२० वर्षअघि २०५३ सालमा महिलालाई जबरजस्तीकरणी गर्ने र पछि हत्या गर्ने अभियुक्तलाई पक्राउ परेका छन् । बाराको डुमरवाना गाविस–६ खोरगाउँ घर भएका ५० वर्षीय प्रेमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
उनले २०५२÷५३ सालमा ६ जना महिलाको जबरजस्ती गरी हत्या गरेका थिए पनि अन्य ३२ जना महिलालाई जबरजस्तीकरणी गरेका थिए । हामीले त्यो व्यक्तिलाई भारतको नयाँ दिल्लीमा बसिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्वरीमा बुझायौं ।
–लागूऔषध मुद्दाका फरार अभियूक्त १५ वर्षपछि पक्राउ
केही दिनअघि मात्रै १५ वर्षअघि लागूऔषध मुद्दामा सजाय सुनाइएका फरार प्रतिबादी लमजुङ्ग ढोडेनी वडा नम्बर २ का ७१ वर्षीय गजबहादुर गुरुङलाई पक्राउ गरेका छौं । लागुऔषध मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले २०५८ साल फाल्गुन २१ गते १५ बर्ष कैद र रु. ५ लाख जरीवानाको फैसलाले सुनाइएको थियो । फैसला कार्यान्वयन तथा कैद भुक्तानको लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइसकेका छौं ।
–दुई दशकदेखि फरार रहका कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ
झुट्टा विवरणको आधारमा बास्तविक नाम ढाँटी २१ वर्ष पुरानो कर्तज्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं । यो मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका हुन् । मनाङ ङामल गाविस ७ घर भई हाल काठमाण्डौं महानगरपालिका १६ बस्ने सण्डुप घले, टाँसी गुरुङलाई गत वर्षको चैत्र महिनामा पक्राउ गरिएको हो ।
उनीहरुले २१ वर्षअघि २०५२ असोज २७ गते दुई जना इटालियन महिलामाथि आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संगै रहेका इटालिन पुरुषलाई छुरा हानी हत्या गरेका थिए । अभियूक्त दुवै जनालाई अदालतको आदेशमा थुनामा पठाइएको छ ।
त्यस्तै, १५ वर्षअघि हत्यामा संलग्न मुख्य अभियुक्त रामेछाप खनियापानीका विवेक दानबहादुर तामाङलाई पनि पक्राउ गरेर अदालत बुझाएका छौं । विवेकको नेतृत्वमा २०५८ सालमा भक्तपुरमा एक जनाको चच्कु हानेर हत्या गरेको थियो ।
त्यस्तै, कर्तज्य ज्यान मुद्दामा १३ वर्षअघि फरार अभियुक्त काठमाण्डौं महानगरपालिका वडा नम्बर ६ बस्ने श्रीबिर लामा, सोही ठाउँ बस्ते देवराज लामा र राकेश लामालाई पनि हामी पक्राउ गर्न सफल भएका छौं । उनीहरुले २०६० सालमा बदलाको भावना लिएर होली खेल्ने निहुँमा धारीलो हतियार प्रयोग गरेर हत्या गरेका थिए ।
–शरीर बन्धकमा संलग्न व्यक्ति पक्राउ
अपहरण तथा शरीर बन्धकमा संलग्न भएका व्यक्तिहरुलाई पनि पक्राउ गरी कार्वाही प्रक्रियामा ल्याएको छु । तनहु घर भएका ३७ वर्षीय भोजबहादुर थापा अपहरण र शरीर बन्दक गरि क्युरियो सामानको संग्रह गरेको कुसुरमा गत भदौ महिनामा पोखराबाट पक्राउ परेका हुन् । यस कार्यमा संलग्न उनी सहित सात जनालाई यसअघि नै पक्राउ गरिसकेका थियौं ।
उनीहरुले तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ वर्षीय युवतीको बली दिने योजना सहित एक युवतीलाई बन्धक बनाएका थिए । तर, बन्धक राखिएको ठाउँबाट युवती भने फरार भएकी थिएन् ।
–विदेशी विनिमय मुद्राका प्रतिवादी पक्राउ
बैदेशिक मुद्रा अपचलन गर्ने एक व्यापारीलाई पनि हामीले गत वर्षको फागुनमा पक्राउ गरे कानुनी कठघरामा उभ्याएका छौं । यस कार्यमा संलग्न पर्सा घर भई काठमाण्डौंको सामाखुशीमा व्यापार गर्दै आएका पदमबहादुर राउत पक्राउ परेका छन् ।
उनले तातोपानी नाका हुँदै सामान ल्याउने नाममा भन्सार कार्यालयको नक्कली कागजात बनाई विभिन्न बैंकबाट रुपैयाँ निकाले ३ करोड ३४ लाख ६० हजार २३८ रुपैयाँ अपचलन गरेका थिए । उनलाई विदेशी मुद्दा विनिमय ऐन २०१९ बमोजिमको कसुर ठहर गर्दै काठमाण्डौं जिल्ला अदालतले जरिवाना सहित कैद सजाय सुनाएको छ ।
–बैंकिङ कुसुरका अभियुक्त पक्राउ
अनुसन्धानकै क्रममा मैले लामो समयदेखि बैंङ्गिक कसुरमा संलग्न रहको व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । किर्ते कागजजात बनाएर विभिन्न बैंकहरुबाट कर्जा लिने फरार भएका छ जना विभिन्न मितिमा पक्राउ परेका छन् ।
यस कार्यमा बनेपा प्रधान कार्यालय रहेको पशुपति विकास बैंकका कर्मचारीहरु पनि संलग्न भएका थिए । पक्राउ भएका सबैलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कार्वाही पनि भएको छ ।
–बाल यौन दुराचारी पक्राउ
अनुसन्धानकै क्रममा हामीले बाल यौन दुराचारीलाई पनि पक्राउ गरेका छौं । बाल यौन दुराचारीको सुक्ष्म रुपमा अध्ययन गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा काठमाण्डौं ठमेलस्थित एक होटलबाट गत भदौमा एक अमेरिकी नागरिक र उनका सहयोगी एक नेपाली युवकलाई पक्राउ गरेका थियौं ।
उनीहरुबाट पाँच जना बालकहरुलाई पनि उद्दार गरेका थियौं । उनीहरुलाई मानव बेचविखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत कार्वाही भइरहेको छ ।
–नक्कली जग्गाधनीको संगठित गिरोह पक्राउ
नक्कली जग्गाधनी बनी जग्गा विक्री गर्ने गिरोह पनि पक्राउ परेको छ । किर्ते कागजात बनाई जग्गा आफ्नो नाममा बनाउने र दोस्रो व्यक्तिलाई विक्री गरेर ठगी गर्ने तीन जनालाई हामीले यसै वर्ष पक्राउ गरेका छौं ।
२०६६ देखि यस्तो कार्यमा लागिरहेका गिरोहका अन्य व्यक्तिहरुलाई पनि खोजी गर्ने कार्य अझै जारी छ । उनीहरुले करोडौं रकम ठगी गरेको पाइएको छ । उनीहरुमाथि अझै अनुसन्धान भइरहेको छ ।
–नयाँ शैली अपनाई युवतीलाई ठगी गर्ने समूह पक्राउ
नयाँ शैली अपनाई युवतीहरुलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने व्यक्ति तथा समूहलाई पनि पक्राउ गरेका छौं । आफू सम्पन्न व्यक्ति भएको भन्दै प्रेम गर्ने र विवाह गरेर विदेशमा समेत लैजाने प्रलोभन देखाएर युवतीलाई ठगी गर्न दुई जनालाई हामीले पक्राउ गरेका छौं ।
अनुसन्धानका क्रममा उनीहरुले पीडित युवतीहरुसंग आर्थिक तथा शारिरीक शोषण समेत गर्ने र पछि सम्पर्क विहीन हुने गरेको पाइएको थियो । पक्राउ परेकाहरुमाथि ठगी मुद्दाअन्तर्गत कार्वाही अगाडि बढिसकेको छ ।
यस्तै एनजिओको आवरणमा ठगी गर्नेहरुलाई पनि हामीले पक्राउ गरेका छौं । यस्तै, विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरी अनलाइन खरिद गर्ने गिरोह पनि मेरो फन्दामा परेका छन् । विभिन्न अपराधिक समूहबाट अपहरणमा परेकाहरुलाई पनि उद्दार गर्न हामी सफल भएका छौं ।
यसरी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्ति तथा गिरोहलाई मैले कानुनी कठघरामा उभ्याउने प्रयास गरेको छु । आन्तरिक शुद्धिकरण, प्रभावकारी अपराध अनुसन्धान, सिमाअपराध नियन्त्रण, साना हतियार र गुन्डागर्दी नियन्त्रणलाई मैले पहिलो प्राथमिकता दिँदै आएको छु । अहिले अपहरण, फिरौती असुली, हत्या जस्ता जघन्य अपराधमा धेरै कमी आइसकेको मैले पाएको छु ।
चोरी सिकारी नियन्त्रणमा योगदान गरेकोमा अवार्ड
सन २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द विभिन्न अपरेशनहरु सञ्चालन गरी गैंडामा शुन्य चोरी शिकार बर्षहरु मनाउन उल्लेनीय योगदान पु¥याएकोमा केन्द्रीय अनुसन्धान व्युरोले अवार्ड पनि प्राप्त गर्न सफल भयो । साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप व्युरोलाई ‘एनिमल वेलफर इन्स्टिच्युट युएसए’ ले केन्द्रीय अनुसन्धान व्युरो सन २०१६ को क्लार्क आर.बभिन वाइल्डालाइफ ल इन्फोर्समेन्ट अवार्ड दिएको हो ।
बन्यजन्तुसंग सम्बधित अपराधमा संलग्नहरुलाई मैले खोजी पक्राउ गर्यों । देशभरका विभिन्न ठाउँबाट वन्यजन्तु बेचविखत तथा ओसार पसारमा संलग्न थुप्रै व्यक्तिहरु पक्राउ हुने क्रम अझै जारी छ । दैनिक नेपाल डटकमको सहयोगमा तयार पारिएको यो समय सान्दभिक सामाग्रीः सम्पादक)

3875
Shares

ट्रेन्डिङ