सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

३ जना डिआजीमा बढुवा

2885
Shares
३ जना डिआजीमा बढुवा

नेपाल सरकारको विहावार बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरको बैंठकले सशस्त्र प्रहरी बलको रिक्त तीन नायव महानिरीक्षक (डीआईजी) पदमा वरिष्ठ उपरीक्षक (एसएसपी)हरु खड्गबहादुर राई, बसन्तकुमार बानियाँ र मन्दिप श्रेष्ठलाई बढुवा गरेको छ ।
बढुवा भएका तीनै जनालाई सोमबार नै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले दज्र्यानी चिन्ह प्रदान गरे । कार्यक्रममा उनले जेष्ठता, व्यावसायिक क्षमता, कार्यदक्षता एवं कार्यकूशलताको आधारमा पदोन्नत्ति गरिएको बताए ।
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राई तथा संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा।कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, शैलेन्द्र खनाल र जीतबहादुर पुनलगायत एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2885
Shares

ट्रेन्डिङ