• होमपेज
  • दुर्जकुमार र उपेन्द्रकान्त : दुबै भ्रष्टाचारमा

दुर्जकुमार र उपेन्द्रकान्त : दुबै भ्रष्टाचारमा

दुर्जकुमार र उपेन्द्रकान्त : दुबै भ्रष्टाचारमा

हप्तादिनभित्र अवकाशमा जान लागेका नेपाल प्रहरी र सशस्त्रका आइजीपीद्वय उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई भ्रष्टाचारमा बदनाम हुनपुगेका छन् । नेपाल प्रहरीका अर्यालले जाने बेलामा सकल दर्जालाई चाहिने चुस्तासहितका कपडाको ठेक्का मिलाएर कमिशन लिएका छन् भने दुर्जकुमार राई माली पठाउने शान्ति मिसन जान नपाउनुमा असक्षम साबितमात्र भएका छैनन्, देशमरिका सशस्त्र क्याम्पहरुमा नातापातासहित हेलिकोप्टर चढेर पुग्ने, उद्घाटन, निरीक्षण गर्ने र दुबै हातले उठ्ती सोहोरेर फर्कने गरेका छन् ।
अर्याल एयरपोर्टको सबैभन्दा ठूलो सुनकाण्डमा मुछिएका छन् भने दुर्जकुमार राई सशस्त्र प्रहरी बललाई ध्वस्त पारेर आफन्तवादमा लागेको र सकल दर्जाको सेवालाई दुरुस्त पार्न नसकेको आरोपमा आरोपित भएका छन् । दुर्जकुमारभित्र दुर्जन मनोवृत्ति रहेछ नि, यतिबेला सशस्त्र भित्र जो छिर्छ, त्यहाँका अन्यायमा परेका सशस्त्र बलका सकल दर्जा यस्तै प्रश्न गरेर तीतो पोखिरहेका भेटिन्छन् ।
आफ्ना चम्चेलाई बाहेक अरुलाई बेवास्ता गर्ने र तिनको बृत्ति विकासमा समेत ध्यान नदिएको आरोप छ दुर्जकुमारमाथि । दुर्जकुमारको १४ महिनाको कार्यकाल उनका पिछलग्गुहरुका लागि त चौधवीका चाँद भयो, सशस्बका सकल दर्जाका लागि अन्धकार ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका