सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

मधेसमा थप सैनिक परिचालन

3015
Shares
मधेसमा थप सैनिक परिचालन

काठमाडौं । पृतनापति र पूर्व प्रधानसेनापतिहरुसँग विशेष छलफल सम्पन्न गरेपछि र समस्त सैनिक ब्यारेकहरुबाट प्राप्त सूचनाको विश्लेषणपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मधेसमा थप ब्यारेक स्थापना गरेर भविष्यमा आउनसक्ने कुनै पनि चुनौतीको सामना गर्नसक्ने तैयारी थालेका छन् ।
एकातिर सिके राउतले मधेस देश बनाउने प्रचार गर्नु, अर्कोतिर पटनामा सशस्त्र भूमिगत समूह र मधेसी मोर्चाका केही दलहरुको संलग्नता देखिनु र राजनीतिक अस्थिरताका कारणले मधेसमा आन्दोलन हुनसक्ने सम्भाबनालाई समेत मध्ये नजर राखेर नेपाली सेनाले मधेसमा थप ब्यारेक स्थापना गर्न लागेको स्रोतकोदावी रहेको छ ।
नेपाली सेना हर्कतमा आइसकेको छ । यसको अर्थ कुनै पनि राजनीतिक बबाल हुनसक्ने सम्भाबना छ । संवैधानिक संकट गहिरिदै गएको छ, राजनीतिक दलहरु अन्ध रुपमा चलिरहेका छन् । सबैलाई आआफ्नै स्वार्थको सवालले छोपेको छ । पार्टी स्वार्थका लागि राजनीतिक दलहरु हुने नहुने निर्णय गर्न थालेका छन् र आमनागरिक अन्यमनस्क स्थितिमा देखिन्छन् । यी सबै विषयको विश्लेषणपश्चात नेपाली सेना नजानिदो गरी राष्ट्रसेवाका लागि हर्कतमा आएको अनुमान गरिएको छ ।
अहिले नेपाली समाजमा भारतले चुरे दक्षिणका भूभागलाई मधेस देश बनाउने षडयन्त्र गरेकै हो कि भन्ने आशंकाहरु उठेका छन् ।सरकारले मधेसको स्थिति तत्काल सार्वजनिक गर्न माग पनि बढेको छ । तर सरकार देशको स्थितिबारेमा कुनै जानकारी दिइरहेको छैन । यस्तो अन्योलको अवस्थामा सेनाले आफ्नो कर्तव्य निर्वाह गर्न तैयारी गर्नु स्वभाविक छ ।

3015
Shares

ट्रेन्डिङ