सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्र बैंकमा नालायकहरुको भीड

राष्ट्र बैंकमा नालायकहरुको भीड

2625
Shares
राष्ट्र बैंकमा नालायकहरुको भीड

गभर्नर चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय समेतका बोर्ड सदस्यहरु सबै राजनीतिक दलका सिफारिसका झोले व्यक्तिहरु छन् । तिनीहरुको अति राजनीतिक संलग्नताले गर्दा अर्थतन्त्रमा ठूलै उतारचढाव आइरहेको छ, अर्थतन्त्र चलायमान हुन नसकेर अराजकता बढ्न थालेको छ ।
अव त उद्यमी व्यापारीसमेत भएका उद्योग चलाउन नसकिने, वैदेशिक लगानीसमेत नआउने ठोकुवा गर्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले एक भेटमा भने– वैंकबाट ऋण लिन नसकिने र वैंकहरु नगद छ, चलाउन सकिन्न भन्ने स्थिति अरु केही समय रहने हो भने आर्थिक अवस्था अरु नाजुक हुने ठोकुवा गर्दैथिए ।
राष्ट्र बैंकले निक्ष्ँेपको ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने नियम लगाएको छ । ८० प्रतिशत लगानी भइसकेको कारणले पैसा भए पनि वैंकहरु टकटकिएर मुद्दती खातामा निक्षेप संकलन गर्न १३ प्रतिशतको आकर्षक व्यापको विज्ञापन गर्न थालेका छन् ।
तर तिनै वैंकहरु बचतमा ३ प्रतिशतभन्दा बढी व्याज बढाउन तैयार छैनन् ।
अनुत्पादक क्षेत्रमा कसरी लगानी बढ्यो ? यस्तो अराजक स्थिति आउँदासम्म राष्ट्र बैंकका बोर्ड मेम्बरहरु किन भत्ता र लाभको झोलमा डुबिरहे ? यस्ता नालायक बोर्ड मेम्बरहरुमाथि कारवाही हुनुपर्छ कि पर्दैन ?
विज्ञहरु भन्छन्– बैंकहरुमा तरलता छैन, मनलागी व्याज दिएर मुद्दती बटुल्दै छन् र बचतमा व्याज दिइरहेका छैनन् । कसरी नाफा कमाउने भन्ने धूनमात्रै छ बैंकहरुलाई । सेवाग्राही र अर्थतन्त्रलाई कसरी सही मार्गमा ल्याउने कुनै सोच नै नभएका गभर्नर र बोर्ड मेम्बरहरु राष्ट्र बेंककै इतिहासमा मूर्ति बनेर खडा छन् । नियमन र निगरानी, निरीक्षण केही पनि हुन नसक्दा बैंकहरु फर्जी रिपोर्ट दिएर अनियमित काम बढी गर्ने र मुनाफा कमाउनेतिर उद्धत भइरहेका छन् । राष्ट्र बैंकका असक्षम गभर्नरदेखि बोर्ड मेम्बरहरुर्ला कारवाही गर्ने कसले ?

2625
Shares

ट्रेन्डिङ