सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तेस्रो हिसान खेलकुद सप्ताह सम्पन्न

तेस्रो हिसान खेलकुद सप्ताह सम्पन्न

4060
Shares
तेस्रो हिसान खेलकुद सप्ताह सम्पन्न

उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान)को आयोजनामा सुरु भएको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ आज यहाँ सम्पन्न भएको छ ।  ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतमा प्रतिस्पर्धा भएको थियो ।
समापन कार्यक्रममा हिसानका पूर्वअध्यक्ष एवम् सांसद उमेश श्रेष्ठले खेलकुदले मानिसको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले देश विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएकोे बताउँदै खेलले एक विद्यालय र अर्को विद्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाएको छ भन्नुभयो ।  सो प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।
सो अवसरमा आजको बास्केटबल प्रतियोगितामा महिलातर्फ प्रथम र द्वितीय हुने क्रमश जेभियर इन्टरनेसनल कलेज र नाशा इन्टरनेसनल कलेज तथा पुरुषतर्फ प्रथम र द्वितीय हुने क्रमश क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र जेभियर इन्टरनेसनल कलेजलाई पुरस्कार र प्रमाणपत्र वितरण गरियो ।
खेलमा महिलातर्फ जेभियर इन्टरनेसनल कलेजकी छात्रा कर्माछिरिङ शेर्पा र पुरुषतर्फ सिसिआरसीका छात्र मनिष केसी उत्कृष्ट खेलाडी घोषित भए । रासस

4060
Shares

ट्रेन्डिङ