सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वकिलको सामुहिक राजीनामा पनि फिर्ता

वकिलको सामुहिक राजीनामा पनि फिर्ता

3915
Shares
वकिलको सामुहिक राजीनामा पनि फिर्ता

आठ जिल्लामा उच्च अदालत र जिल्ला अदालतमा हुँदै आएको इजलास बहिस्कार कार्यक्रमले अब निरन्तरता पाउने भएको छ । मधेसका दुईसय भन्दा बढी वकिलहरुले नेपाल बारमा बुझाएको सामुहिक राजीनामा पनि फिर्ता भएको कारण यो संम्भव भएको हो ।
हिजो शुक्रबार साँझ अबेरसम्म नेपाल बार एशोसिएसन र मधेस प्रदेशका वकिलहरु विच भएको लामो बैठकमा मधेसका अदालतमा भएको वकिलहरुको अवरोध फिर्ता लिने सहमति भएको हो । साथै सोही सहमति अनुसार वकिलहरुले आफ्नो सामुहिक राजीनामा फिर्ता गरेका छन् ।
वकिलहरु विहीबार काठमाडौं आई बारका अध्यक्ष शेरबहादुर केसी समक्ष सामुहिक राजीनामा बुझाएका थिए । भने अध्यक्ष केसी असन्तुष्ट वकिलहरुको मागलाई सम्बोधन गर्नका लागि बार र असन्तुष्ट वकिलहरुवीच वार्ता गरेका थिए । बार्तापछि शुक्रबार राति नै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरी मधेशका वकिलहरुले राजीनामा फिर्ता गरी आफ्नो कार्यक्षेत्र तिर लागेका थिए ।
सहमतिमा बारका तर्फबाट वार्ता समिति संयोजक बरिष्ठ अधिवक्ता कमलनारयण दास र असन्तुष्ट कानून व्यवसायी समन्वय समितिका संयोजक अधिवक्ता सुधीरकुमार कर्णले ७ बुँदेको सहमतिपत्रमा हस्ताक्षर गरी सहमति गरेका छन् ।
सहमतिमा के के भयो त पूर्ण विवरण सहित ः–

3915
Shares

ट्रेन्डिङ