सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तीन दशकपछि सुनथराली विमानस्थलमा हवाईजहाज

तीन दशकपछि सुनथराली विमानस्थलमा हवाईजहाज

3110
Shares
तीन दशकपछि सुनथराली विमानस्थलमा हवाईजहाज

शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई  स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् ।
तारा एयरका वरिष्ठ चालक सन्तोष शाहको टोलीले विमान अवतरण गराएका हुन् । अवतरणपछिको कोणसभामा उनले उडानका लागि भौगोलिक बनावट उपयुक्त भएको बताए । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीलगायत पनि परीक्षण उडानमा थिए । उनले अब चाँडै विमानस्थल उद्घाटन गरी नियमित उडान गरिने बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

3110
Shares

ट्रेन्डिङ