सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय

चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय

4820
Shares
चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले तेस्रो नम्बरका चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काका अनुसार गृह मन्त्रालयबाट आएकोे प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पारित गरेको जानकारी दिए ।
डिआइजी चन्दलाई एआइजीपी हुँदै आइजीपीमा बढुवा गरिनेछ । सरकारको निर्णयसँगै चन्द नेपाल प्रहरीको २५औं प्रहरी प्रमुख बन्नेका छन् ।
महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फागुन ५ गतेदेखि अनिवार्य अवकास पाउँदैछन् । उनीसँग अन्य एआजीपीहरू पनि अवकास पाउँदैछन् ।
नेपाल प्रहरीको नियमावलीअनुसार दक्षता र कार्यसम्पादन आदिको मूल्यांकन गरेर सरकारले चन्दलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
पहिलो नम्बरका नवराज सिलवाल र दोस्रो नम्बरका प्रकाश अर्याललाई पछि पार्दै तेस्रो नम्बरका चन्दले महानिरीक्षक हुने मौका पाएका छन् ।
चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन् ।
चन्द विसं २०४४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनी अनुसन्धानमा दख्खल राख्छन् ।
मन्त्रिपरिषदले सशस्त्र प्रहरी बलको प्रमुखमा डिआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

दैनिक नेपाल
4820
Shares

ट्रेन्डिङ